भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँ दिने
काठमाडौं, कात्तिक २५ : भूकम्पमा परी घरबास गुमाएका जाजरकोट र रुकुम पश्चिममा पीडितहरूलाई सरकारले अस्थायी आवास बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने भएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरूङलगायत विपद् र सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पपीडितलाई अस्थायी घर बनाउन प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको हो।
समितिको शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता, काठपात लगायतका सामाग्री खरिद लगायतमा राहतका लागि उक्त निर्णय गरेको हो।
गत कार्तिक १७ मा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका नागरिक घरबासविहीन भएका छन्।
प्रकाशित मिति: १६:११ बजे, शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











