Kathmandu Press

कोशी प्रदेश सरकारमा भागबन्डाको टुंगो, छठपछि मन्त्रिमण्डल विस्तार  

सत्तारुढ गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाएका हुन्।
कोशी प्रदेश सरकारमा भागबन्डाको टुंगो, छठपछि मन्त्रिमण्डल विस्तार  

काठमाडौं, कात्तिक २५ : कोशी प्रदेश सरकारमा भागबन्डा टुंगो लागेको छ।

सत्तारुढ गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबन्डा टुंगो लगाएका हुन्। 

नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय, माओवादी केन्द्रले तीन र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गरिने भएको छ। जसपाका लागि एउटा मन्त्रालय राख्ने सहमति भएको छ। तिहार र छठपछि सरकार विस्तार एवम् जिम्मेवारी बाँडफाँट हुन्छ। 

एमालेको समेत विश्वासको मत लिएर गत २७ असोजमा मुख्यमन्त्री नियुक्त भए पनि सहमती हुन नसक्दा एक महिनासम्म मन्त्रिपरिषद विस्तार अल्झिएको थियो। 

हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, कांग्रेसका शम्शेर राई र नेकपा एसका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन् । सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसकेका छन्।

प्रकाशित मिति: १७:०० बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्