काठमाडौँमा हल्का वर्षा
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए। 'उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ।
काठमाडौँ, कात्तिक २५ : काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए। 'उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ।
सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन', उनले भने, 'अबको दुईरतीन घण्टामा वर्षा रोकिएर काठमाडौँको आकास खुल्नेछ।'
पछिल्लो एक घण्टामा काठमाडौँ बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताउनुभयो। मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए।
आज बिहान लुम्बिनी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ।
हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ।











