दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी छन्। चौधरीको हत्या आरोपमा प्रहरीले घोराही-५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए।
दाङ, कात्तिक २५ : दाङकाे घाेराही उपमहानगरपालिकामा गोली लागेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
घोराही-५ बरलाबोटका शेरबहादुर केसीले चलाएको गोली लागेर घोराही-७ हर्नियाका जुगारु चौधरी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले जानकारी दिए।
चौधरीको हत्या आरोपमा प्रहरीले केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको मल्लले बताए। बिहीबार सशस्त्र प्रहरी जवान चौधरीलाई स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला सिकार खेल्न गएका केसीले चलाएकाे गाेली लागेकाे प्रहरीकाे भनाइ छ।
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए।
प्रकाशित मिति: १५:२७ बजे, शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











