Kathmandu Press

तिहारमा आगलागीको जोखिम ख्याल गर्दै सुरक्षित रुपले मनाउन ललितपुर महानगरको आग्रह

त्यसैले तिहारमा आफू सुरक्षित भएर सावधानीका साथ मनाउनु पर्ने ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन्। आगलागीका घटना बढिरहेको सन्दर्भमा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पनि ध्यान दिनु आवश्यक हुन्छ। 
तिहारमा आगलागीको जोखिम ख्याल गर्दै सुरक्षित रुपले मनाउन ललितपुर महानगरको आग्रह

ललितपुर, साउन १२ : तिहार भन्ने बित्तिकै दियो, बत्तीको उज्यालो र रमाइलो पर्व भन्ने बुझिन्छ। असावधानीले गर्दा दियो र बत्तीबाट आगलागीको जोखिम पनि हुने गरेको छ।

त्यसैले तिहारमा आफू सुरक्षित भएर सावधानीका साथ मनाउनु पर्ने ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन्। आगलागीका घटना बढिरहेको सन्दर्भमा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पनि ध्यान दिनु आवश्यक हुन्छ। 

ललितपुर महानगरपालिकाले आगलागीबाट बच्नुभन्दा पनि आगलागी हुनै नदिनका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको हाछेथु बताउँछन्। उनले कुनै समस्या भयो आगलागी हुने सम्भावना भयो भने ९१३१ मा फोन गर्न आग्रह गर्दै रिङ्रोड क्षेत्रभित्र ५ मिनेटभित्रमा दमकल, नगर प्रहरी र एम्बुलेन्स जाने व्यवस्था मिलाएको जानकारी दिएका छन्।

उनले भने, ‘आगलागी वा कुनै समस्या भयो भयो भने ९१३१ मा फोन गर्नुहोला, ललितपुर महानगरपालिका तयार रहेको हुन्छ। रिङ्रोड एरियाभित्र ५ मिनेटभित्रमा पुगिन्छ भने त्यो क्षेत्रभन्दा बाहिर स्थान हेरेर हुन्छ। दुई वटा ट्याङ्कर पनि तयारी अवस्थामा छ। दमकलका लागि पानी अभाव नहोस् भनेर ट्याङ्करको व्यवस्था गरिएको हो। कतै आगलागी भइहाल्यो भने पहिला दमकल, त्यसपछि नगर प्रहरी र त्यसको पछि एम्बुलेन्स जाने व्यवस्था गरिएको छ।’

तिहार ठूलो पर्वमध्ये एक भएकाले रमाइलो गरी मनाउनु पर्ने तर धेरै दियो, बत्ती,  बाल्ने, पटकाहरु पड्काउने कामहरु धेरै हुने गर्दा यसबाट आगलागी हुने खतरा रहने भन्दै उनले आफू सुरक्षित भएर पर्व मनाउन आग्रह गरे।
 
प्रकाशित मिति: १४:४७ बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्