Kathmandu Press

तिहारको कोसेली पाल्पाली ढाका (फाेटाेफिचर)

चेलीबेटीले ढाकाको टोपी र दाजुभाइले दिदीबहिनीलाइ ढाकाको चोलो, सल दिने चलन चलिआएको छ।
तिहारको कोसेली पाल्पाली ढाका (फाेटाेफिचर)

काठमाडौं, कात्तिक २५ : नेपालीको महान चाड दसैं सकिएलगत्तै अर्को महान् चाड तिहार नजिकिएको छ। तिहार अर्थात भाइटिका, दशैपछिको दोस्रो महान चाड मानिन्छ। यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ।

IMG_3235-1699686748.jpg

चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टीका लगाइदिन्छन्। दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई स्वीकार्छन्। भाइटीका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि हो। इतिहास पल्ट्याउँदा यमुनाले आफ्ना दाजु यमराजलाइ कसैले मार्न नसकोस भन्ने कामना गर्दै भाइटिका लगाइदिएकी थिइन। उनले यमराजलाइ आफ्नै घरमा आउन निम्तो दिइन। अनि तेल, दुबो, मखमली र सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन्।

IMG_3236-1699686749.jpg

यसरी भाइटीका लगाउने प्रचलन सुरु भएको भन्ने छ। समयसँगै भाइटिकालाइ सप्तरंगी टीकासँगै विभिन्न मिठामिठा परिकार सङ्गै कोसेली दिने प्रचलनमा आएको हो। चेलीबेटीले ढाकाको टोपी र दाजुभाइले दिदीबहिनीलाइ ढाकाको चोलो, सल दिने चलन चलिआएको छ। ढाका र तिहारको सम्बन्ध पनि पुरानै रहेको पाल्पाली ढाका कपडा उद्दोग स्वदेशी बस्त्रकला भण्डारका सागरमान महर्जन बताउँछन्।

IMG_3225-1699686748.jpg

'दिदिबहिनिले टिका दिइसकेपछि शिर खाली नराख्नको र शिर छोप्नको लागी ढाकाको टोपी लगाइदिने प्रचलन आएको हो,' उनी भन्छन्, 'दाजुभाइले पनि दक्षिणासँगै चोखो ढाकाको कपडा, सल, चोलो आदि दिने चलन चल्दै आएको छ।' ढाकाको टोपी दिने चलन उहिलेदेखि रहेको इतिहासविदहरुको दाबी छ। 'कुनै पनि राम्रो शुभ कार्यमा सल ओडाउने प्रचलन छ त्यसैलाइ जोडेर पनि तिहारमा दाजुभाइले दिदीबहिनिलाइ सल ओडाउने चलन रहेको छ 'महर्जन थप्छन्, 'धार्मिक सँगसँगै स्वास्थ्यलाइ पनि जोडेर जाडो सुरु हुनअघि तिहारमा दिदिबहिनीलाइ सल, चोलो दिने गरिँदै आएको छ।' 

IMG_3210-1699686747.jpg

पाल्पाली ढाकालाइ प्राथमिकतामा राख्दै बजारमा मेशिनले बुनेको ढाकाको सामग्रीहरु बढिरहेको देख्दा पाल्पाका ढाका व्यवसायीहरु चिन्तित छन्। हाते तानले बुनेको ढाकालाइ सरक्षण गर्न पाल्पाका ढाका उद्दोगहरु मिलेर पाल्पाली ढाका सघं स्थापना गरेका छन्। पाल्पाली ढाकालाइ बजारिकरण र व्यवस्थापन गर्न पाल्पाली ढाका सघं स्थापना भएको अध्यक्ष तथा पाल्पाली ढाकाकी संस्थापक पूर्णमाया महर्जनले बताइन्।

IMG_3215-1699686747.jpg

पाल्पाली ढाका सघंमा हाल ९ वटा उद्दोगहरु आवद्द छन। इतिहास हेर्दा ,पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो। वि स २०१५ साल तिर स्व गणेशमान महर्जनले बङ्लादेशबाट तान ल्याएर पाल्पामा ढाका बुन्न सुरु भएको हो। ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पामा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो। 

IMG_3209-1699686746.jpg

दसैंतिहार भनेको ढाकाको व्यापार उच्च हुने समय रहेको पौडेल पाल्पाली ढाका उद्दोगका मनोज राज शर्मा पौडेल बताउँछन। 'दसै र तिहार लक्षित ढाकाको टोपी, सल, चोलो को व्यापार बढि हुने गर्दछ 'उनी भन्छन्, 'छुट्टीको समयमा भ्रमणहरू पनि बढी आउने भएकाले पनि दसै तिहारमा व्यापार राम्रै छ।' कोभिड पछि बिस्तारै भ्रमण हरुपनि बढे सङ्गै पाल्पाका ढाका पसलहरुमा भिडभाड बढेको छ। नयाँ पुस्तालाइ मध्य नजर गर्दै पाल्पाका उद्दोगीहरुले ढाकाबाट उत्पादित कुर्ता, सर्ट, ल्यापटप ब्यागहरु पनि उत्पादनमा जोड दिएका छन्।

IMG_3201-1699686745.jpg

काठमाडौंबाट रानिमहल घुम्न आएका तिलक न्यौपाने पनि ढाकाको नयाँ स्वरुपका रुपमा उत्पादन भएका सर्टहरु ल्यापटप ब्यागहरु पाएकोमा निकै खुसी भए। 'तिहारको लगि ढाकाको टोपी मात्र नभइ आस्कोट, टाइ, ब्याग दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका सामान हरु पनि पाउँदा निकै खुसि लागेको उनले बताए। उनी भन्छन्, 'नेपालमै पनि आफ्नै सामग्री बाट बनाउन सकिदो रहेछ भन्ने पनि देखियो।' यही सिजनमा पाल्पाली ढाकाको ५ करोड बढीको व्यापार हुन्छ।

IMG_3202-1699686745.jpg

IMG_3206-1699686745.jpg

IMG_3220-1699686744.jpg

IMG_3222-1699686744.jpg

IMG_3204-1699686743.jpg

IMG_3205-1699686743.jpg

प्रकाशित मिति: १७:३० बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्