Kathmandu Press

कोशी मन्त्रिपरिषद छठपछि मात्रै विस्तार गरिने

कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन्।
कोशी मन्त्रिपरिषद छठपछि मात्रै विस्तार गरिने

मोरङ, कात्तिक २५ : कोशी प्रदेश मन्त्रिपरिषद् छठपछि मात्रै विस्तार हुने भएको छ। मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो।

मन्त्रिपरिषद विस्तार गर्ने क्रममा कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन्।

Hardik ivf

मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए।

यसैगरी उनले नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बेग्लै छलफल गरेका थिए।

प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्ति पनि सहमतिकै आधारमा गरिने भएको छ । माओवादी संसदीय दलका नेता आङबोले छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए।

हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, कांग्रेसका शम्शेर राई र नेकपा एसका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन्। सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसकेका छन् ।

आफूसँग सहमति नगरी माओवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराएको भन्दै असन्तुष्ट बनेको एमालेले मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाएको थियो।

 

प्रकाशित मिति: १०:५३ बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्