कैलालीम जित दुर्घटना हुँदा ४ जना घाइते
दुर्घटनामा डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर घाइते भएको प्रहरीले जनाएको छ।
कैलाली, कात्तिक २४ : कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
शुक्रबार साँझ कैलालीको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्। जिप ब्रेक फेल भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १०:२९ बजे, शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











