Kathmandu Press

आजदेखि यमपञ्चक सुरु, पहिलो दिन कागकाे पुजा गरिँदै

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। आज घरघरमा परिवर्तनको संवाहक कागलाई पुज्ने गरिन्छ।
आजदेखि यमपञ्चक सुरु, पहिलो दिन कागकाे पुजा गरिँदै

काठमाडौं, कात्तिक २५ : नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चक आजबाट प्ररम्भ भएको छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चकको पहिलो दिन काग तिहार हो।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। आज घरघरमा परिवर्तनको संवाहक कागलाई पुज्ने गरिन्छ।

आज तिथि अनुसार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्छ।  यमदीप दान गरे परलोकमा यमको यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

त्यसैले कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म परिवारको सदस्य संख्याको आधारमा यमदीपदान गर्ने गरिन्छ।

धनत्रयोदशी (धनतेरस) पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ। यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । यो दिन घरमा गक्ष अनुसारको केही न केही सुन,चाँदी लगायतका समग्री किन्ने प्रचलन रहिआएको छ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाई बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको हो।

यो वर्षको भाईटीका कार्तिक २९ गते परेको छ।

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्