Kathmandu Press

मुगु हत्या प्रकरणका दुई आरोपी सार्वजनिक

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहरालाई हत्याको आरोपमा सार्वजनिक गरिएको हो।
मुगु हत्या प्रकरणका दुई आरोपी सार्वजनिक

सुर्खेत, कात्तिक २४ : मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँमा भएको हत्या प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहरालाई हत्याको आरोपमा सार्वजनिक गरिएको हो।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिइएको थियो। बोहराले हत्याको योजना बनाएको प्रहरीले बताएको छ । मृतक श्रीदेवी बोहराका श्रीमान् दीपक बोहरालाई कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए।

दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट समेत गरिएको प्रहरीले जनाएको छ।

गत कात्तिक ८ गते २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज, ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको हत्या गरिएको थियो।

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्