मौलापुरका मेयरलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो।
काठमाडौं, कात्तिक २४ : रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार पुनर्वहाली गर्न आदेश दिएको हो। साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो।
साहको नगर प्रमुख पद स्वतः रिक्त भएको भन्दै निर्वाचन आयोगले गत असोज २९ गते निर्णय गरेको थियो।
‘मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् कामकारबाही गर्न दिनू भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।
प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











