Kathmandu Press

राज्यले उद्योग-व्यापार गर्नु हुँदैन भन्ने दक्षिणपन्थीको बाटो हेरेर देश अघि बढ्दैन : नेता खनाल

बिहीबार काठमाडौंमा आयोजित अमृतनाथ तिमल्सिनाद्वारा लिखित ‘समृद्धि सरोकार’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
राज्यले उद्योग-व्यापार गर्नु हुँदैन भन्ने दक्षिणपन्थीको बाटो हेरेर देश अघि बढ्दैन : नेता खनाल

काठमाडौं, कात्तिक २४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राज्यले उद्योग व्यापार गर्नु हुँदैन भन्ने दक्षिणपन्थीहरुको बाटो हेरेर देश अगाडि नबढ्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित अमृतनाथ तिमल्सिनाद्वारा लिखित ‘समृद्धि सरोकार’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उत्पादित बहुमूल्य वस्तुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम राज्यले गर्नुपर्ने भन्दै नेता खनालले उद्योग–व्यापार रान्यले गर्नु हुँदैन भन्ने पश्चिमतिरबाट आएको हावाले रङमगिएका दक्षिणपन्थीहरुको बाटो हेरेर देश अगाडि नबढ्ने बताए। उनले भने, ‘हामीले बजार सेवा दिनुपर्छ। उत्पादन गर्नेलाई त राष्ट्रिय बजार के छ अन्तराष्ट्रियबजार के छ के थाहा। बहुमूल्य बस्तु उनीहरुले उत्पादन गरिदिएका हुन्छन्। त्यस्ता चिजलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम राज्यले गर्नुपर्छ।’

उनले वामपन्थीहरु सही विचारका आधारमा मिल्ने सके देशमा अचम्मका परिवर्तनहरु हुने भन्दै वामपन्थीहरु फुट्ने र टुट्ने भएमा देश अग्रगतितिर नजाने टिप्पणी गरे। सबै वामपन्थीहरुमा जिम्मेवारीको भावना हुन आवश्यक रहेको उनको भनाइ छ। 

उनले भने, ‘देशका वापन्थीहरु जतिबेला सही विचारको आधारमा मिल्छन्, देशमा अचम्मका परिवर्तनहरु हुन्छन्। तर जतिबेला स–साना कुराहरुको आधारमा वामपन्थीहरु फुट्छन्, टुट्छन् र एकअर्कालाई मज्जाले गाली गर्न सुरु गर्छन्। देश अग्रगतितिर जान सक्दैन। यो देश कसैले बनाउँछ भने वामपन्थीहरुले मात्र हो। अरुले बनाउँदैनन्। तर वामपन्थीहरुमा जुन किसिमको जिम्मेवारीको भावना हुनुपर्ने हो त्यो भएको छैन।’
 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्