Kathmandu Press

‘सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता हुने व्यवस्थाका लागि प्रयास भइरहेकाे छ’

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण समारोहमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा कुनै न कुनै रुपमा मुद्दा दर्ता गर्नका लागि आफुले प्रयास गरिरहेको बताएका हुन्।
‘सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता हुने व्यवस्थाका लागि प्रयास भइरहेकाे छ’

काठमाडौं, कात्तिक २४ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ताका लागि प्रयास भइरहेकाे बताएका छन्।

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण समारोहमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा कुनै न कुनै रुपमा मुद्दा दर्ता गर्नका लागि आफुले प्रयास गरिरहेको बताएका हुन्।

उनले अनलाईनमार्फत मुद्दा दर्ता सुरु भए सरोकारवाला सवैलाई निकै सहज हुने जिकिर गरे। त्यस्तै उहाले जुम्ला, धनकुटा, महेन्द्रनगर र हेटौडा इजलासमा भिडियो इजलासबाट बहस गर्ने व्यवस्थापनको तयारी भइरहेको पनि जानकारी दिए। अहिले आफ्नो ध्यान पुराना मुद्दा फछ्र्यौटमा केन्द्रीत रहेको र ६३ साल देखिका मुद्धाको फछ्र्यौट गर्न सफल भएको उहाले बताए। प्रधानन्यायाधीश श्रेष्ठले अदालतप्रतिको विश्वासका प्रयासहरु गर्ने क्रममा निरन्तर लागि परेको जिकिर गरे।

उनले अदालतमा प्रवेशमा नियन्त्रण गर्न प्रवेशको पासको व्यवस्थाका लागि निर्देशन दिएपनि काठमाडौं जिल्ला अदालतमा प्रभावकारी हुन नसकेकाले निगरानी गरिरहेको बताए। काठमाडौं बाहिरका केहि जिल्ला अदालतको व्यवस्थापन भने पछिल्लो समय निकै राम्रो हुँदै गएको उनको भनाइ छ। 

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्