Kathmandu Press

‘मिडिया ट्रायल’ बाट न्यायाधीश डराउन हुँदैन : प्रधानन्यायाधीश 

धानन्यायाधीश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पनि अदालतमा प्रयोग गर्नुपर्ने समय आएको बताएका छन्।
‘मिडिया ट्रायल’ बाट न्यायाधीश डराउन हुँदैन : प्रधानन्यायाधीश 

काठमाडौं, कात्तिक २४ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘मिडिया ट्रायल’ बाट न्यायाधीश डराउन नहुने भनाई राखेका छन्। 

प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धानको क्रमदेखि नै मिडिया ट्रायल देखिने गरेको पनि बताए। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्रेष्ठले यस्तो भनाइ राखेका हुन्।

श्रेष्ठले मिडियासँगको सम्बन्ध र प्रविधिसँगको न्यायपालिकाको सम्बन्धमा नयाँ बहस चलाउनुपर्ने स्थिति आएको समेत भनाइ राखे। 

एक प्रसङ्गमा उनले प्रविधि नभइकन न्यायपालिका चल्न गाह्रो रहेको भनाई समेत राखे। प्रविधिमैत्री न्यायपालिका नभए काम कारबाही धेरै पछि पर्दै जाने उनको भनाइ थियो।

‘पेशी, तारिखमा अटो मेसन लागू गरेसँगै सर्वोच्च अदालतमा हाइसन्चो भएको छ,’ श्रेष्ठले भने। प्रविधियुक्त कुराले जुडिसियरीलाई नगाँस्दा आलोच्य भइ कामकारबाहीमा शङ्का उठ्ने भनाई श्रेष्ठको थियो। 

यस्तै, प्रधानन्यायाधीश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पनि अदालतमा प्रयोग गर्नुपर्ने समय आएको बताएका छन्। एआईको अध्ययन गरी प्रयोग गरे अदालतलाई फाइदा हुने पनि उनले बताए। ‘एआई अब कुनै न कुनै माध्यमबाट कोर्टमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ,’ कार्यक्रमममा श्रेष्ठले भने।

अदालतमा अनलाइन रजिष्ट्रेशन गर्न जोड दिएकाकारण अदालतमा आउने अनावश्यक भीडलाई कम गरेको पनि उनले बताए। अनलाइन प्रणालीलाई अघि बढाउन आफूले जोड दिने भनाई श्रेष्ठको छ। 

 

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्