काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं, कात्तिक २४ : काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ।
अघिल्ला वर्षहरुमा महानगरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने नियम भए पनि यसपालि महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा राति १ बजेसम्म देउसी भैलो खेल्ने पाइने व्यवस्था गरिएको मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।
प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











