सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा
जंगी अड्डा स्रोतका अनुसार पाण्डेले बिहीबारै राजीनामा दिएका हुन्। रथीमा बढुवा हुने समयमा पाण्डेको उमेर विवादमा छानबिन सुरू भएको थियो।
काठमाडौं, कात्तिक २४ : उमेर विवादमा परेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्।
जंगी अड्डा स्रोतका अनुसार पाण्डेले बिहीबारै राजीनामा दिएका हुन्। रथीमा बढुवा हुने समयमा पाण्डेको उमेर विवादमा छानबिन सुरू भएको थियो।
नागरिकतामा उमेर सच्याएको बिषयमा जङ्गी अड्डाले आन्तरिक छानबिन प्रारम्भ गरेपछि पाण्डेले राजिनामा दिएका हुन्। उनी प्रधानसेनापतिको रोलक्रममा थिए।
पाण्डेको जन्म मिति विवरणमा उनको २०२१ र २०२३ साल भेटिएपछि विवादको रुप लिँदै आएको थियो। एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०२१ माघ १२ गते रहेको तथ्य बाहिरिएपछि पाण्डे अफ्ठ्यारोमा थिए।
प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार