निःशुल्क रगतको व्यवस्था गर्ने सरकारकाे तयारी
1695979641.jpg)
काठमाडौं, कात्तिक २२ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताएका छन्।
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निःशुल्क गर्न प्रयास गरिरहेको बताए।
त्यस्तै उनले अब नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गरे। स्वास्थ्य क्षेत्रमा बजेट कम भए पनि कोहि बिरामी गरिव बिपन्न भएका कारण उपचार गर्नबाट बञ्चित हुन नपर्ने गरि मन्त्रालयले उचित व्यवस्था गरेको उनले बताए।
उनले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा राखे।
प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











