कौशलटारमा दुई जनालाई घाइते बनाउने चितुवा नियन्त्रणमा लिइयो

काठमाडौं, कात्तिक २४ : भक्तपुरको मध्यपुरठिमी–३ कौशलटारमा भेटिएको चितुवा नियन्त्रणमा लिइएको छ। एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको अवस्थामा भेटिएको चितुवालाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो। अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ। त्यहाँबाट प्रक्रिया पूरा गरेर चिडियाखाना लगिनेछ।
चितुवा वयस्क भएको बताइएको छ। सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। घाइते हुनेमा भक्तपुर नगरपालिका–३ बस्ने वर्ष ६५ की अमृता कँडेल र वर्ष ३३ की संगिता आलेमगर छन्।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











