कौशलटारमा चितुवा, आक्रमणबाट दुई जना सामान्य घाइते
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ।
काठमाडौं, कात्तिक २४ : भक्तपुरको मध्यपुरठिमी–३ कौशलटारमा चितुवा भेटिएको छ। एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवा चितुवा भेटिएको हो।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ। टोलीले चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
चितुवा बयस्क भएको बताइएको छ। प्रहरीका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते भएका छन्।
प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











