Kathmandu Press

संविधानले नवप्रवर्तनलाई प्रोत्साहन गरेको छ : प्रधानमन्त्री

विश्व विज्ञान दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताए।
संविधानले नवप्रवर्तनलाई प्रोत्साहन गरेको छ : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको बताएका छन्।

विश्व विज्ञान दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताए।

‘नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको छ। अनुसन्धान नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय प्राणालीहरु एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरुको सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
 
उनले आजको दिनले शान्ति र विकासका लागि विज्ञानसँग सम्बन्धित गतिविधिहरूमा सरकारी अधिकारीहरू सञ्चारमाध्यमहरु र विद्यार्थीहरु लगायत विभिन्न बालाहरूको सहभागिता प्रोत्साहना गर्ने विश्वास लिएको बताए।

वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधि विकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका भन्दै यसको प्रवद्र्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका पनि उनको भनाई छ। सरकारले अनुसन्धान आविष्कार र उद्यमशीलता प्रवर्द्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका उनले उल्लेख गरेका छन्।

नीतिहरु र वैज्ञानिक अनुसन्धानमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निमार्णको बाटोमा सबै सरोकारवालाहरुसँग समन्वयात्मक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक भएको भन्दै प्रधानमन्त्री दाहाललसरकारले विज्ञान, प्रविधिको माध्यमबाट बेरोजगारीको समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाई समृद्धि गर्न दुढ संकल्प गरेको बताए।

 

प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्