Kathmandu Press

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मंसिर ११ देखि जलेश्वरमा गर्ने

उनले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाको बारेमा छलफल हुने साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने पनि जानकारी दिए।
रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मंसिर ११ देखि जलेश्वरमा गर्ने

काठमाडौं, कात्तिक २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने भएको छ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाको बारेमा छलफल हुने साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने पनि जानकारी दिए।

‘मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिने छ। त्यो बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनेछ,’ उनले भने, ‘बैठकमा सभापतिको राजनीतिक प्रतिवेदन पनि पेस हुनेछ।’

मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विमर्श गरिने जनाइएको छ।

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्