Kathmandu Press

सर्वोच्चमा ७ न्यायाधीश नियुक्तिको तयारी, चाँडै टुंगो लाग्ने

परिषदका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ, परिषद सदस्य एवम् सर्वोच्चका वरिष्ठ न्यायाधीश ईश्वर प्रसाद खतिवडा, अन्य सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ न्यायाधीश नियुक्तिको बिषयमा छलफलमा जुटेका थिए।
सर्वोच्चमा ७ न्यायाधीश नियुक्तिको तयारी, चाँडै टुंगो लाग्ने

काठमाडौं, कात्तिक २३ : सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तको एजेण्डामा विहीबार न्यायपरिषद पदाधिकारीविच छलफल भएको छ। ु

प्रधानन्यायाधीश एवम् परिषदका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ, परिषद सदस्य एवम् सर्वोच्चका वरिष्ठ न्यायाधीश ईश्वर प्रसाद खतिवडा, अन्य सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ न्यायाधीश नियुक्तिको बिषयमा छलफलमा जुटेका थिए। परिषद स्रोतका अनुसार आज न्यायाधीशको टुंगो नलागे पनि शुक्रबारसम्म फाइनल गर्ने गरी गृहकार्य भइरहेको छ।

विहीबार दिनभरको छलफलबाटपरिषद पदाधिकारीविच न्यायाधीश नियुक्तिका बिषयमा एक खालको समझदारी बनेको जनाइएको छ। सर्वोच्च अदालतमा सात न्यायाधीश पद रिक्त छ।

संविधानतः प्रधानन्यायाधीशसहित सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ । अहिले १४ जना न्यायधाीशका भरमा न्याय संपाद हुँदै आएको छ । सर्वोच्चमा न्यायाधीश अभावले न्याय सम्पादनमा असर परेका कारण न्यायका याचक मारमा परेका छन् ।

 

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्