आरती साह प्रकरण : पीडित परिवारद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र
-1699522115.jpg)
काठमाडौं, कात्तिक २२ : धनुषामा हत्या गरिएकी आरती साहका दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै उनका परिवारले मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापनपत्र बुझाएका छन्।
दोषीमाथि कडा कारबाही माग गर्दै आज आयोगको कार्यालयमा पुगेर उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्। त्यस क्रममा आयोगका अध्यक्ष मगरले उक्त घटनाबारे अनुसन्धान भइरहेको भन्दै छिटो टुङ्गो लगाउने प्रयास भइरहेको बताएका थिए।
उनले भने, ‘सबै कागजपत्र नआइकन हामीले बोल्नुहुँदैन, अदालतमा पनि मुद्दा परेको छ। अदालतमा भएको आवश्यक प्रतिलिपि मागेका छौ, त्यो सबै संकलन भएर नआउन्जेल अहिले हामीले केही भन्ने कुरा हुँदैन। अनुसन्धान भइरहेको छ, हामी लागि रहेका छौ।’
पीडित परिवारले सरकारले न्याय नदिएको आरोप लगाउँदै आयोगमा रुँदँँ न्यायको माग गरे। पीडित परिवारले गत असार १ देखि हालसम्म आफ्ना मागहरु अघि सार्दै २४ घण्टे धर्नामा बस्दै आएका छन्।
आरती साहको मृत्यु प्रकरणलाई न्यायिक छानविन समिति गठन गरी विशेष अनुसन्धान गर्नुपर्ने, पीडित पक्षलाई कुटपिट गर्ने प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने, त्रुटिपूर्ण पोष्टमार्टमबारे विषेश जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।
यसैगरी, जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र सहायक जिल्ला न्यायाधिवक्ता अजित कर्णको भूमिकाबारे छानविन गर्न, गर्भवती उपचारसम्बन्धी त्रुटिपूर्ण पक्षबारे विशेष जाँच गरी वास्तवित प्रतिवेदन बनाउन, पीडित परिवार र आरतीका मामा सन्तोष साहको परिवारका सदस्यलाई विशेष सुरक्षाको प्रबन्ध गर्नुपर्ने लगायत आठ सूत्रीय माग ज्ञापनपत्रमा उल्लेख छ।
-(3)-1699522115.jpg?timestamp=1699522127888)











