Kathmandu Press

नेकपा एस युवा संघले भूकम्प पीडितका लागि राहत सामग्री लैजाने

नेकपा एस युवा संघले भूकम्प पीडितका लागि राहत सामग्री लैजाने

काठमाडौं, कात्तिक २२ : नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघले भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री वितरण गर्ने भएको छ।

संघले  करिब १५ लाख रुपैयाँ बराबरको सोलर प्यानल, औषधिलगायत विभिन्न सामग्रीहरु भूकम्पप्रभावित क्षेत्रमा वितरण गर्न लागेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए। 

उनले भने, ‘कर्णाली प्रदेमा गएको भूकम्प र त्यसले गरेको विनाशका सन्दर्भमा देशभरिबाट सहयोग, उद्धारका कार्यहरु हुने क्रम जारी छ। त्यही सिलसिलामा हाम्रो युवा संघले विभिन्न सामग्रीहरु जम्मा गरेर सहयोग पुर्याउन आजबाट पहल सुरु गरेको छ। सोलार प्यानल, औषधिलगायत विभिन्न सामग्रीहरु गरेर १४–१५ लाख रुपैयाँका सामानहरु प्रभावित क्षेत्रमा लैजाने तयारी छ।’

यस्तै, उनले सरकारले राहतको कार्यमा ढिलाइ गरेको भन्दै एकद्वार नीतिअन्तर्गत सेवाहरु छिटो पुर्याउन आग्रह गरे।उनले भने, ‘झन्डै एक हप्ता भइसकेको छ। कतिपय पीडित जनताले सहयोग पाउन नसकेको कुराहरु आइरहेको छ। सरकार किन ढिला भइरहेको छ। एकद्वार नीतिअन्तर्गत सेवा पुर्याउने कुरा नराम्रो होइन तर ढिला हुनु आपत्तिजनक कुरा हो। तदारुकताका साथ सहयोग पुर्याउनु पर्छ।’

सरकारले छिटोभन्दा छिटो सहयोग र उद्धारको काम गर्नुपर्ने भन्दै नेपाल जस्तो देशलाई भूकम्पको प्रकोपबाट मुक्त गर्ने योजनाहरु बनाएर सबै अगाडि बढ्नु पर्ने पनि खनालले बताए।
 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्