Kathmandu Press

इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रूपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनालाई

इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रूपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनालाई

काठमाडौं, कात्तिक २३ : सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय भएकोसमेत उनले बताइन् ।

सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो। तर २०७६ फागुनदेखि भने सरकारले बुढीगण्डकीको नाममा कर संकलन गर्न छाडेको थियो। त्यसको सट्टामा पूर्वाधार विकास करका नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो।

 

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्