सरकारले गौतम बुद्ध, मूलपानी र विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने

काठमाडौं, कात्तिक २२ : सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतम बुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन्।
क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन्।
प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











