सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत

काठमाडौं, कात्तिक २२ : सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ।
बिहीबारबसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालसम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन्।
‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो। यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ।’
प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











