पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस

काठमाडौं, कात्तिक २३ : सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
त्यहाँका लागि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय पनि गरिएको मन्त्री शर्माले बताइन्।
प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











