नक्कली शरणार्थी प्रकरणमा मंसिर ५ मा पेशी राख्न आदेश

काठमाडौं, कात्तिक २३ : नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझीलगायतको निवेदनमाथि अर्को सुनुवाई मंसिर ५ गतेका लागि तोक्न उच्च अदालत पाटनबाट आदेश भएको छ।
जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएपछि अभियुक्तहरु बदरको मागसहित उच्च अदालत पुगेका थिए। धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित सरकारी वकिल कार्यालयले पनि अर्को निवेदन दिएको छ।
उच्च अदालतका न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा सुनुवाइका लागि मुद्दाको पेशी परेको थियो। तर पुनः मंसिर ५ गतेका लागि पेशी राख्न अदालत प्रसासनलाई आदेश दिँदै सुनुवाइ सारिएको छ। मुद्दाको प्रकृति र कानुन व्यवसायीको संख्यालाई दृष्टीगत गरी अर्को पेशी तय गर्नुपर्नाको कारण आदेशमा दर्शाइएको छ।
प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











