Kathmandu Press

तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौं : मन्त्री किराती 

उनले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भैरहेको बताएका हुन्। 
तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौं : मन्त्री किराती 

काठमाडौं, कात्तिक २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन्। 

उनले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भैरहेको बताएका हुन्। 

आज काठमाडौंमा आयोजित एक होटलको उद्घाटन कार्यक्रममा उनल पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको बताए। उनले इजरायलबाट नेपालीको उद्दार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्दार गर्नेदेखि विपदको समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भैसकेको बताए। त्यसैले पर्यटन प्रर्वद्धनका लागि पनि जहाज थप्नुपर्नेमा उनले जोड दिए।

उनले भने, 'अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ। दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ  । त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौ। तिहार पछाडि १० ओटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ। त्यो १० वटामा केही ठूला, न्यारोबडी स्टायलको, केही कंक्रुटमा उड्ने जो इण्डियासम्म पनि उडान भर्न सकोस् र केही साना तिहारलगत्तै किन्ने तयारीमा छौं।’

प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्