प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिवबीच भेट
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं, कात्तिक २३ : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।
बुधबार दिउँसो पाँच दिने भ्रमणका लागि नेपाल आएका उनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। दुईबीच दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको बताइएको छ।
उनले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए।
प्रकाशित मिति: ११:१४ बजे, बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











