Kathmandu Press

जाजरकोटमा फेरि भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।
जाजरकोटमा फेरि भूकम्पको धक्का

जाजरकोट, कात्तिक २३ : जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।

गत शुक्रबार राति जाजरकोटको बारेकोट  केन्द्रबिन्दु राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता निरन्तर पराकम्प गइरहेको केन्द्रले जनाएको छ। शुक्रबार ६ सय बढी पराकम्प गएको बताइएको छ।

जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन्।

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्