Kathmandu Press

भूकम्प प्रभावितको उपचारबारे राष्ट्रपतिको चासो

शितल निवासमा आफूसँग भेट्न पुगेका मन्त्री बस्नेतसँग राष्ट्रपतिले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्प प्रभावित जनताको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएका थिए।
भूकम्प प्रभावितको उपचारबारे राष्ट्रपतिको चासो

काठमाडौं, कात्तिक २२ : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पमा घाइते भएका जनताको उपचार सेवामा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिएका छन्।

बुधबार राष्ट्रपति भवन शितल निवासमा आफूसँग भेट्न पुगेका मन्त्री बस्नेतसँग राष्ट्रपतिले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्प प्रभावित जनताको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएका थिए।

राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज र प्रभावकारी सल्लाह दिँदै उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनसहित गुणस्तरीय सेवा प्रवाहका बारेमा मन्त्रीसँग जिज्ञासा राखेका थिए।

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्