Kathmandu Press

राहत लिएर भूकम्प प्रभावित गाउँ पुगे उपप्रधानमन्त्री खड्का

भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्।
राहत लिएर भूकम्प प्रभावित गाउँ पुगे उपप्रधानमन्त्री खड्का

जाजरकोट, कात्तिक २२ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।

भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्।

उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं. ३ मा पुगेर हस्तान्तरण गरेका छन्। सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिइन्।

‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो। म आफैं पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहत वितरणमा सक्रिय छु,’ उनले भने, ‘सरकार प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ।

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्