११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन प्रकरणमा बैंकिङ कारोबारमा संलग्नता देखिएपछि काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो।
काठमाडौं, कात्तिक २१ : दोलखाको विबगु गाउँपालिकामा बरामद भएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन प्रकरणमा बैंकिङ कारोबारमा संलग्नता देखिएपछि काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो। सोमबार पक्राउ परेकी माझीलाई थप अनुसन्धानका लागि दोलखा पठाइएको छ।
माझीसँगै ११ किलो सुन प्रकरणमा १४ जना पक्राउ परेका छन् । गत असोजमा दोलखाको बिगु गाउँपालिका–१ बाट ११ किलो सुन बरामद गरिएको थियो ।
प्रकाशित मिति: १७:३१ बजे, बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











