Kathmandu Press

स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत

‘१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु। अहिले एउटा पनि बाँकी छैनन्,’ मन्त्री बस्नेतले भने।
स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत

ललितपुर, कात्तिक २२ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएर

‘१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु। अहिले एउटा पनि बाँकी छैनन्,’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले एउटा मान्छे स्वास्थ नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्ने उल्लेख गरे। उनले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुहुँदै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिए।

मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकरात्मक सन्देश दिइरहेको तर्क गरे।     

जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यकपर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो। उनले स्वास्थ्य क्षेत्रमा थाहा नभएकोरनजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बर्ताए।

 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्