प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच करोड ९५ लाख जम्मा
सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरे अनुरुप गत आइतबारदेखि मंगलबारसम्म उक्त रकम जम्मा भएको हो।
काठमाडौं, कात्तिक २२ : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरे अनुरुप गत आइतबारदेखि मंगलबारसम्म उक्त रकम जम्मा भएको हो।
यसैबीच भूकम्प प्रभावितलाई सहयोगका लागि सरकारी कर्मचारीको तलब कट्टा गरिने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा गरिने जनाइएको छ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











