Kathmandu Press

तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौंमा

तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौंमा

काठमाडौं, कात्तिक २२ : चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौं आइपुगेका छन्।पाँचदिने नेपाल भ्रमणका सिलसिलामा बुधबार नेपाल आइपुगेका उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँगलगायतसँग भेट गर्ने कार्यतालिका छ।

भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएकाे छ। तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने जनाइएकाे छ।  प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा  तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा केही सहमति भएका थिए। वाङले पोखराकाे पनि भ्रमण गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्