Kathmandu Press

भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोड बराबरको राहत सामग्री

भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङले हस्तान्तरण गरेका छन्।
भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोड बराबरको राहत सामग्री

काठमाडौं, कात्तिक २२ : पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज नेपाल आइपुगेका छन्। 
चीनले २६ करोड बराबरको विभिन्न सामान पीडितका लागि नेपाललाई हस्तान्तरण गरेको हो।

भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङले हस्तान्तरण गरेका छन्।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति गरेको छ। 

भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

Photos-(2)-1699429620.jpg

Photos-(3)-1699429620.jpg

Photos-(1)-(1)-1699429597.jpg

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्