Kathmandu Press

‘संविधान कार्यान्वयनमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जानन्छन्’

‘संविधान कार्यान्वयनमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जानन्छन्’

काठमाडौं, कात्तिक २२ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौैमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढंगले हुन नसक्दा जनतामा दलहरुप्रति निराशा छाएको भन्दै संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका हुन्।

उनले सरकारले संविधानअनुसारका कानुन बनाउन बढी ध्यान दिनुपर्नेमा जोड दिए। बनाउनुपर्ने कानुनको सरकारी विधेयक आउन नसकेको र गैरसरकारी विधेयक आउने वातावरण  नै नरहेको उनको भनाइ छ । उनले  संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको धारणा राखे।

कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानुन निर्माण गर्दै प्रभावकारी कार्यान्वन हुन जरुरी रहेको बताए।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्