Kathmandu Press

भूकम्पका घाइतेलाई उपयुक्त अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाको निर्देशन

चार दिनदेखि भूकम्पप्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका मन्त्री ज्वालाले घाइते र चिकित्सहरुसँगको भेटपछि घाइतेहरुको अवस्था अझै गम्भीर रहेको भन्दै उपयुक्त अस्पतालमा तत्काल रिफर गर्न मन्त्री निर्देशन दिए। 
भूकम्पका घाइतेलाई उपयुक्त अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं, कात्तिक २२ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पमा परी घाइते भएकाहरुको अबस्था अझै गम्भीर रहेको बताएका छन्। 

चार दिनदेखि भूकम्पप्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका मन्त्री ज्वालाले घाइते र चिकित्सहरुसँगको भेटपछि घाइतेहरुको अवस्था अझै गम्भीर रहेको भन्दै उपयुक्त अस्पतालमा तत्काल रिफर गर्न मन्त्री निर्देशन दिए। 

उनले भने, ‘केही बिरामीको अवस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्काे ठाउँमा पठाउनु पर्छ’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस्।’

जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिब २ सयजना घाइते भएका छन्। घाइतेमध्ये धेरैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। चार दिनअघि भूकम्पप्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वाला दुई जिल्लाका विपत् ब्यवस्थापनको बैठकमा सहभागी भएका थिए। 

मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अवलोकन गरेका थिए। अवरुद्ध बनेका सबै सडकहरु सञ्चालनमा ल्याइएको छ भने भासिएको पुलको निर्माण कार्य थालिएको छ।
 
प्रकाशित मिति: १३:०५ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्