Kathmandu Press

कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

काठमाडौं, कात्तिक २२ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पपछि भएको जनधनको क्षतिमा पार्टीका तर्फबाट आवश्यक अनुगमन र सहजीरकणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

कांग्रेसले भूकम्पपछि भएको जनधनको क्षतिमा आवश्यक सहजीरकणका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको थियो। उनीहरु समितिका तर्फबाट आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्र पुग्दैछन्।

कांग्रेसले उद्धार, राहत र पुनःस्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियो। भूकम्पपछि कांग्रेसले हालसम्म उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन, सरकारको राहत कोषमा रु ५० लाख सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रम स्थगन, कयौंँ जिल्लाबाट पार्टीका स्वयंसेवक राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध, पार्टीको धारणा र सुझाव ९तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्य०सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइसकेको छ।

महामन्त्रीद्वय थापा र शर्मा केहिदिन त्यहाँ रहेर उनीहरुले सात बुँदे कार्य’ मा ध्यान केन्द्रीत गर्नुहुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँहरुले राहत वितरणमा देखिएका कमजोरीको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्नुहुनेछ।
 
साथै उनीहरुले सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन। छैन भने एकद्वार पालना गर्न÷गराउन थप सुझाव र सहजीकरण गर्नुहुनेछ। महामन्त्रीद्वयले उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन रु सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने/गराउनुहुनेछ।

उनीहरुले स्थलगत अवस्था बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनःस्थापनामा सम्पादन गर्नुपर्ने विषयको अध्ययन गर्नुहुने कांग्रेसले जनाएको छ। भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुन सक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने जिम्मेवारीसमेत उनीहरुलाई तोकिएको छ।

महामन्त्रीद्वयले सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्नेछन्। 

साथै उनीहरुले पुनःस्थापना र पुनःनिर्माणका लागि कांग्रेसको धारणा कार्यान्वयनमा के कस्तो समस्या आइपर्न सक्छन्, सरोकारवालाको सुझाव के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्नुहुने बताइएको छ। महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप सङ्घमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु¥याउनु हुने पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:०४ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्