भूकम्प पीडित राहत कोषमा पर्यटन मन्त्रालयले दियो चार करोड
मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रुपमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका छन्।(4)-1699420919.jpg)
काठमाडौं, कात्तिक २२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्प पीडित राहत कोषमा जम्मा गरेको रकम सरकारलाई हस्तान्तरण गरेको छ।
बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रुपमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका छन्।
‘४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैया भूकम्प पीडित राहत कोषमा जम्मा गरि प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट,’ उनले लेखेका छन्।
प्रकाशित मिति: ११:०७ बजे, बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











