संविधान कार्यान्वयनको उदासिनताले जनता निराश : पूर्वप्रधान न्यायधीश श्रेष्ठ
फिनल्याण्ड दृष्टिकोणमा कानुनको शासन, पारदर्शिता र सहभागितामा नामक अन्तरक्रिया कार्यक्रममा उनले, सरकारले बनाएका राम्रा कानूनको समेत जनताले लाभ लिन नपाएको बताए।
काठमाडौं, कात्तिक २१: पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठले नेपालको संविधान राम्रो हुदाँहुदैँ पनि त्यसको कार्यान्वयन नहुदाँ आम नागरिकमा निराशा थपिएको बताएका छन्।
फिनल्याण्ड दृष्टिकोणमा कानुनको शासन, पारदर्शिता र सहभागितामा नामक अन्तरक्रिया कार्यक्रममा उनले, सरकारले बनाएका राम्रा कानूनको समेत जनताले लाभ लिन नपाएको बताए।
‘सरकारले कुन विधेयक प्रस्तुत गरेको छ । त्यो जनतालाई थाहा हुदैँन् । के पास भयो थाहा छनै अरु त अरु पास गर्ने सांसदलाई पनि थाहा छैन् । आफूलाई थाहा नपाएको ऐन, राम्रोसँग कार्यान्वयन गर्दे भन्छ,’ उनले भने ‘त्यो ऐन पास भएपनि जनतासम्म पुग्दैन्। जनतासम्म पु¥याउँने कस्ले, त्यो सुनाउने कस्ले, त्यो ऐन कार्यान्वयन गर्न प्रक्रिया, कार्यक्रम, स्रोत, व्यवस्थापन चाहिन्छ र त्यो सबै गर्न क्षमता र इच्छा पनि चाहिन्छ।’
उनले फिनल्याण्डको, कानूनी सिस्टमका नेपालले पनि केही सिक्नु पर्ने बताए। सरकारको सही नीति कै कारण फिनल्याण्ड भ्रष्टाचार नियन्त्रणमा सफल भएको उनको भनाई छ।











