Kathmandu Press

कसैसँग डराएका होइनौं, गणतन्त्रको समीक्षा गरिएको हो : प्रधानमन्त्री दाहाल

‘सन्त्रासको कुरा होईन्, अब यो समय आएको छ, हामी एकपटक सामान्य समिक्षा गरौं भनेर गरिएको हो । यो प्रक्रिया अगाडि पनि बढ्छ । कसैसँग डराएको छैन्,’ प्रधानमन्त्री दाहालले भने।
कसैसँग डराएका होइनौं, गणतन्त्रको समीक्षा गरिएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, संघीय लोकतान्त्रिक गणतन्त्रको समिक्षा गर्नु कसैसँग डराएको नहुने बताएका छन्।

आज आफैले बोलाएको सर्वदलिय बैठकपछि पत्रकारसँग उनले सामान्य समिक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसँग डराउने सवालै नरहेको बताए।

‘सन्त्रासको कुरा होईन्, अब यो समय आएको छ, हामी एकपटक सामान्य समिक्षा गरौं भनेर गरिएको हो । यो प्रक्रिया अगाडि पनि बढ्छ । कसैसँग डराएको छैन्,’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले बैठकमा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भएको बताए। उनले आजको बैठक सामान्य समीक्षात्मक बैठक भएको पनि उल्लेख गरे।

‘हिजो नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउँन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको सामान्य समीक्षात्मक बैठक थियो,’ बैठक आयोजना गर्नुको उद्देश्यबारे उनले भने ‘यो बैठकमा एउटा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो र यो बैठकको आयोजना पहिलो पटक भयो यस्ता निरन्तर बैठक राख्नु पर्छ भन्ने कुरामा पनि सबै नेताहरु समझदारी भयो।’

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्