माधव नेपाल चीन प्रस्थान
_Moment1682155563.jpg)
काठमाडाैं, कात्तिक २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । १५ जनाको टोलीसहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह चीन प्रस्थान गरेका हुन्।
चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफु नेतृत्वको टोली चीन जान लागेको बताए।
चीन भ्रमणका क्रममा बिभिन्न पार्टीहरुसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उनले जनाए।
त्यस्तै अध्यक्ष नेपालले भूकम्पले पीडित भएका जनताका लागि सरकार क्रियाशिल हुनुपर्ने बताए। उलने जनताको चाहनाका आधारमा भूकम्पपिडितका लागि सबै दलहरु एक भएर काम गर्नुपर्ने बताए।
नेपालको टोली आगामी २८ गते फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











