संघीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन
सभामुख घिमिरेले हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पु¥याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिए।
काठमाडौं, कातिक २१ : सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन्।
निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउण्ड सिष्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै उनले आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न सुझाव दिए।
‘हामीले सबै भवनहरु नसके पनि मुख्य भवनलाई सकेर राष्ट्रिय र प्रतिनिधि सभाको मुख्य हलहरु प्रविधिहरु राखेर काम गर्न मिल्ने दुई महिनाभित्र गर्न सकिन्छ कि सकिदैँन्? किनभने २ महिनापछि हिउँदे सत्र हामी त्यही गर्ने सोचमा छौैं,’ उनले भने, १हाम्रो लक्ष्य भनेको त्यही हो । त्यो पूरा गर्ने तपाईहरुको तयारी हुन सक्छ कि सक्दैँन् सबै कुराहरुलाई मिलाएर छलफल हुनुपर्छ।’
सभामुख घिमिरेले हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पु¥याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिए।
सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिइन्। भवन र उपकरण जडानलाई द्रुततासँगै गुणस्तरको प्रश्नलाई पनि त्यतिकै हेक्कामा राख्न आवश्यक रहेको बताउँदै उनले भननिन्, ‘हामीले काम चलाउभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने पाटोमा गम्भीर छौं।’
आगामी हिँउदे अधिवेशनसम्ममा पाँच वटा भवन तयार हुने ठेकेदार कम्पनीले बताउँदैआएको छ। सञ्चार, साउण्डसिष्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एशियामै नयाँ उपकरण जडान हुने गरी सभाकक्षसहितको जिम्मेवारी पूरा गर्ने अठोट व्यक्त गरेको छ।











