Kathmandu Press

विपदको बेला राजनीति होइन मानवता प्रदर्शन गरेका हौं : मिनबहादुर विश्वकर्मा

कांग्रेसका कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा सहयोगको नाउँमा पार्टीको झण्डा बोकेर प्रचारका लागि पुगेको भन्ने विषयमा सञ्चरकर्मीले राखेको प्रश्नमा विश्वकर्माले कांग्रेसले सहयोग गर्ने कुरामा प्रचार नभएर मानवता देखाएको दाबी गरे ।
विपदको बेला राजनीति होइन मानवता प्रदर्शन गरेका हौं : मिनबहादुर विश्वकर्मा

काठमाडौं, कात्तिक २१ : सत्तारुढ दल नेपाली कांग्रेसले जाजरको –रुकुम पश्चिम भूकम्प प्रभावितको लागि पार्टीले दिएको राहत रकम राजनीतिक रोटी सेक्ने भन्दा विपद्का बेला मानवता देखाएको प्रष्टिकरण दिएको छ।

पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले राजनीतिक चर्चा र स्वार्थका लागि भन्दा मानवताको कारण पार्टीको सदस्यहरुले जम्मा गरेको ५० लाख रकम पीडितका लागि सरकारले खडा गरेको कोषमा सहयोग गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए।

कांग्रेसका कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा सहयोगको नाउँमा पार्टीको झण्डा बोकेर  प्रचारका लागि पुगेको भन्ने विषयमा सञ्चरकर्मीले राखेको प्रश्नमा विश्वकर्माले कांग्रेसले सहयोग गर्ने कुरामा प्रचार नभएर मानवता देखाएको दाबी गरे ।

‘पार्टीले जम्मा गरेको सदस्यता शुल्कको खाताबाट हामीले राहत कोषमा ५० लाख दिएका हौं। सबैभन्दा पहिला सहयोग गर्ने घोषणा कांग्रेसले मानवता प्रर्दशन गरेर गरेको हो,’ उनले भने, ‘त्यो बेला न पार्टीको कुरा गरेको हो न झण्डाको। राजनीति प्रदर्शन गरेको होइन । कँही पीडितमाझ पार्टीको प्रचार भएको रहेछ भने त्यसमा हामी सजग गराउँछौ । प्रचार गर्नु पार्टीको नीति र धारणा दुवै होइन।’

उनले भूकम्प प्रभावित क्षेत्रमा पार्टीका उच्चस्तरीय नेताले स्थलगत अनुगमन गर्न जान लागेको र त्यो केवल पीडितले राहत पाए नपाएकोमा निरिक्षण र अनुगमन हुने जानकारी दिए। जाजरकोट भूकम्पछिको पूर्ननिर्माणका लागि सरकारले दिर्घकालीन रुपमा घट्न सक्ने विपदलाई समेत मध्यनजर गररे पुर्ननिर्माणको कार्य तत्काल थाल्नुपर्ने कांग्रेसले सुझाएको छ।  

जाजरकोट भूकम्पबाट अति प्रभावित २ जिल्ला र अन्य ९ प्रभावित जिल्लामा पुर्ननिर्माण कार्य गर्दा संघले प्रदेश र स्थानीय निकायलाई पुर्ननिर्माण कार्य गर्न सक्षम बनाएर र जिम्मेवारी दिनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

 

 

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्