कांग्रेस महासमिति बैठक सर्यो, अब पुस १६ देखि १९ सम्म हुने
जाजरकोटमा गएको विनासकारी भुकम्प, चाडपर्व लगायतका कारण कांग्रेसले महासमिति बैठक सारेको छ। अब महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेछ।
काठमाडौं, कात्तिक २१ : विशेष परिस्थितिका कारण नेपाली कांग्रेसले महासमिति बैठकको मिति पुनः सारेको छ।
जाजरकोटमा गएको विनासकारी भुकम्प, चाडपर्व लगायतका कारण कांग्रेसले महासमिति बैठक सारेको छ। अब महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेछ।
कांग्रेसले आगामी पुस १६ मा राष्ट्रिय मेलमिलाप दिवसको दिन पारेर महासमिति बैठक राख्ने निर्णय गरेको हो।
सुरुमा मंसिर १३ देखि १६ मा हुने भनेको महासमिति बैठकको मिति तय गरेको थियो, तर पछि मिति सार्दै बैठक मंसिर २९ देखि पुस २ सम्मका लागि तय गरिएको थियो।
प्रकाशित मिति: १६:०० बजे, मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार