उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फण्डको टोलीबीच भेटवार्ता
श्रमिक एवम् कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पु¥याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँग समेत सहकार्यको प्रस्ताव गरेको थियो।(1)-1699351583.jpg)
काठमाडौं, कात्तिक २१ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको संगठन (फ्रिडम फण्ड) का पदाधिकारीबीचमा भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।
श्रमिक एवम् कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पु¥याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँग समेत सहकार्यको प्रस्ताव गरेको थियो।
त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन(मिटरव्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागु गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेको सचिवालयले जानकारी गराएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले फण्डका पदाधिकारीसँग कृषि, हाइड्रोपावर, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए।
यस्तै राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने लक्ष्य बोकेको वर्तमान सरकारको भन्दै मन्त्री श्रेष्ठले फन्डबाट हुने सबै सहकार्य र सहयोगहरूत्यसैमा केन्द्रित होस् भन्ने चाहना आफुहरूको भएको धारणा राखेका छन्।
सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
टोली प्रमुख र प्रतिनिधिहरूले नेपालमा बालविवाहको दर घट्दै गएकोमा खुशी व्यक्त गरेका छन्।











